logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०८३

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।



बैंकले आफ्नो स्थापनाको १९औँ वर्ष प्रवेशको अवसर पारेर बुधबार बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

बैंकका अध्यक्ष दिलीपप्रताप खाँणको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गरेका हुन्।

नयाँ शाखाबाट नियमित बैंकिङ सेवासँगै एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा उपलब्ध हुने बैंकले जनाएको छ।

हाल बैंकले देशका सातै प्रदेशमा रहेका शाखामार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend