जन आकाश
काठमाडौ । एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बसेको बहुमत सदस्यहरूको बैठकले अर्ली इलेक्सन गर्ने १६ पुसको निर्णय बदर गर्ने निर्णय गरेको छ। एन्फा बहुमत सदस्यहरूको बैठकले १६ पुसको अर्ली इलेक्सन निर्णय बदर गरी विधानअनुसार नियमित अधिवेशन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । बैठकले निमित्त महासचिव दामोदर भट्टराईलाई कार्यालय सञ्चालन, पत्राचार र प्रशासनिक गतिविधि चलाउने अधिकार दिएको छ ।
एन्फाले माघमा यु–१५ फेस्टिभल आयोजना गर्ने, शनिबारे प्रशिक्षण सुचारु गर्ने र सहभागी खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कार दिने निर्णय गरेको छ । उक्त बैठकले संघको विधानमा व्यवस्था भएबमोजिम नियमित निर्वाचनको प्रकृया अगाडि बढाउने निर्णय गरेको एन्फाका निमित्त महासचिव दामोदर भट्टराईले जानकारी दिएका हुन्।
निर्वाचन प्रक्रियामार्फत चयन हुने नयाँ नेतृत्वका लागि आवश्यक स्वीकृति, एन्फा निलम्बन फुकुवा, एन्फाको स्वच्छता र संस्थाको स्वाधीन निर्णय कार्यान्वयनका लागि बैठकले सबैसँग अनुरोध गरेको महासचिवको भनाईृमा उल्लेख छ ।
एन्फाले आगामी माघमा एन्फा यु–१५ फेस्टिभल आयोजना गर्ने भएको छ । जसका लागि उपाध्यक्ष विराटजंग शाही संयोजक तोकिएको छ । लिखित रुपमा माग गरिएको जानकारी एन्फा अध्यक्ष र महासचिवले कार्यसमितिलाई कुनै जवाफ नपाठएको हुँदा पुनः ३ दिन भित्र सत्यतथ्य विवरण पेश गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले निमित्त महासचिव नियुक्त दामोदर भट्टराईलाई एन्फा कार्यालय सञ्चालन, पत्राचार तथा नियमित प्रशासनिक गतिविधिहरु सञ्चालन गर्नका लागि आवश्यक कार्य गर्ने समेतको अधिकार प्रदान गरेको छ ।
हाल स्थगित अवस्थामा रहेको एन्फा शनिबारे प्रशिक्षण कार्यक्रमलाई सुचारु गर्ने निर्णय बैठकले गरेको छ । एन्फाद्वारा सञ्चालित एकेडेमीहरूको अवस्था तथा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रमका लागि सचिवालयमार्फत प्रतिवेदन पेश गर्न निर्देशन दिने, संघको नियमित कार्य सञ्चालनका लागि आवश्यक सामग्री फिर्ताका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने र दशौ राष्ट्रिय खेल महोत्सवमा फुटबलतर्फको प्राविधिक विषयहरुमा समन्वय गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले फिफा यु–१५ फेस्टिभलमा सहभागी खेलाडीहरू र प्रशिक्षकलाई जनही ५०र५० हजार र अफिसियललाई जनही ३०र३० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय पनि गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend