logo मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026
logo

मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026

रेमिट्यान्स कम्पनीमध्ये सर्वाधिक कर तिर्ने आइएमई सम्मानित


  • जन आकाश
  • मंगलबार, मंसिर १ २०८३

काठमाडौं । मंसिर १, रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।



राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई सम्मान प्रदान गर्नुभएको हो।

सम्मान ग्रहण गर्दै अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताउनुभयो।

उहाँले विभिन्न देशमा रहेका एक सयभन्दा बढी व्यावसायिक साझेदारको नेटवर्कमार्फत रेमिट्यान्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको ब्रान्ड पहिचानलाई थप विस्तार गर्ने उहाँको भनाइ छ।

ढकालले रेमिट्यान्स सेवासँगै कम्पनीले सिर्जना तथा विकास गरेको उद्यमशीलताको इकोसिस्टमलाई थप सुदृढ गर्दै प्रविधि, सेवा र व्यावसायिक गतिशीलतामा सुधार गर्ने पनि बताउनुभयो।

सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। यही योगदानका आधारमा कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। यसअघि पनि आइएमई पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend