logo मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026
logo

मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026

सवैलाई मान्य हुने गरी राउण्ड टेवलमा बस्नुपर्छ ः कार्की


  • जन आकाश
  • मंगलबार, मंसिर १ २०८३

जनआकाश मिडियाले विभिन्न समयमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग संवाद गर्दै आएको छ ।
आजको संवादमा बल्लभ कार्की



यहाँलाई स्वागत छ हाम्रो यस जनआकाश मिडियाको स्टुडियोमा ।
धन्यवाद म बल्लभ कार्की यहाँले यहाँ निम्त्याइदिनुभयो र दुई चार कुरा राख्दिनु भन्नुभयो र म शिक्षा क्षेत्रमा लामै समय काम गरेको हु तर के भने रजिस्टर्ड रुपमा दर्ता को रुपमा शिक्षा विद भनेर चाही भनिदैन तर शिक्षा क्षेत्रमा मेरो केहि दखल र केहि अनुभव भएकोमा त्यो पनि प्रस्तुत गर्दिनु भएकोमा धन्यवाद र यहाँहरुले जिज्ञासु प्रश्न राखेको सवाल पक्षमा म केही न केही आफ्नो सक्दो आफुले जानेका बुझेका कुराहरु नागरिक तहदेखि माथि सम्मका कुरा राख्ने प्रयत्न गर्छु ।
अब यहाँहरुलाई त्यो केही प्रश्नहरु सोध्ने मेरो तर्फबाट अनुमति छ ।

अहिले पछिल्लो यो दशै तिहार सकियो । छठ पनि सँगसँगै छ । राजनीतिक घटनाक्रम चाहिँ दिनानुदिन विकसीत भइराखेका छन् भन्ने छ । तपाईंलाई कस्तो लाग्छ ?
मैले अध्ययन गरेको अनुसार चाहिँ के छ भन्दाखेरि राष्ट्र एउटा विश्वासको खडेरीमा छ के । विश्वासको खडेरीमा राष्ट्र रहेको मैले महसुस गरेको छु । भनेको मतलब मेरो आफ्नो हिसाबबाट हेर्दाखेरि सस्पेन्स पिपल्स, सस्पेन्स गभर्मेन्ट, सस्पेन्स पोलिटिकल पार्टीज, सस्पेन्स इन्टरलेक्चुअल्स र सस्पेन्स पिपल्स भनेर एउटा चाहिँ कस्तो भने सबैले सबैलाई विश्वास गर्नुपर्ने राष्ट्र निर्माणको लागि तर त्यो एकले अर्कालाई शंकाको दृष्टिकोण हेरिएको छ । यो कहाँबाट सुरु भयो ? किन सुरु भयो ? भन्ने प्रश्न चाहिँ गम्भीर जस्तो लाग्छ मेरो अध्ययनमा । हामीलाई के ले जोड्नु पर्ने त राष्ट्रिय एकतामा ? बाइ चान्स हामीलाई राष्ट्रिय एकतामा जोड्न नसक्ने हामीले मूल कानुन पाएका हौ कि संविधान पाएका हौ कि अथवा हामीलाई राष्ट्रिय एकतामा जोड्न नसक्ने व्यवस्था भएको हो कि यहाँ व्यक्ति भन्ने कुरा गौण हो के । व्यक्तित्व जतिसुकै आदर्श हो भने स्वार्थमा लिप्त भएको छ । त्यसको उदाहरण भएको अगाडिका प्रधानमन्त्री देखि लिएर सबैलाई अध्ययन गर्ने हो भने त्यो स्वार्थमा लुकेको रहेछ भन्ने कुरा नेपाली जनताले मैले होइन हरेक नागरिकले बुझेको कुरा हो ।

त्यसकारणले अब म के भन्दै छु भने यहाँ अब हामी राष्ट्रिय एकतामा राष्ट्रिय निर्माणमा प्रतिज्ञा गर्ने कि नगर्ने भन्ने प्रश्न भयो के ।  भनाइको मतलब यो त्यो भन्ने कुरै भएन । हामीले यो ३०/४० वर्ष अगाडि र अहिलेको फेस सम्म आउँदा खेरि एक्लै अगाडि प्रति चाहीँ विश्वास नगरेको अवस्था छ । त्यसकारण के हो त भन्दा खेरि राजनीतिक रुपको चेतनाको अभाव हो कि राजनीतिक प्रतिबद्धताको अभाव हो कि सिद्धान्तको अभाव हो कि आदर्शको अभाव हो कि भनाइको मतलब हामीसँग रहेका कानुन अभाव हो कि हामीले हाम्रा राज्यका संयन्त्रहरु जोडिन नसक्ने आदर्शको एउटा सिद्धान्त मूल्य र मान्यताको विकास नभएको हो कि भन्ने कुरामा चाहीँ म लगायत केही साथीहरु गम्भीर छौं ।

तपाईं नागरिक समूहको अध्यक्ष पनि हुनुहुन्छ । वर्तमान सरकार विगतका राजनीतिक पार्टीहरुले काम गर्न सकेनन् । हामी भए यस्तो गथ्र्यौं भन्ने हिसाबबाट नै स्थापित भएका हुन् । अहिले यो पछिल्लो समय नागरिकहरुको भनाई तपाई त नागरिक समूहको अध्यक्ष हुनुहुन्छ । नागरिकहरुसँगको छलफल परामर्श हुँदा कस्तो भ्यू पाउनुहुन्छ ?

यो सरकार युवाहरुको नेतृत्व छ । सक्षम युवाहरु छन् भन्ने किसिमले यहाँ व्यक्ति चिनिएको थिएन । अगाडिका विकृति विसंगतिहरुले वाक्क दिक्क थकित भएर देश बनाउने भन्दा पनि के भन्दा खेरि आफ्ना आफ्ना स्वार्थ पुरा गर्ने आफ्ना आफ्ना गुट निर्माण गर्ने जस्तो राजनीतिक रुपको संविधान आयो तर त्यो संविधान भन्दा माथि गुट भएर व्यक्ति व्यक्तिका अराजकताहरु प्रस्तुत गरेर जादा खेरि वाक्क भएर देशमा जनताका समस्याहरु जहिको त्यही रहे र घट्दै रहे युवाहरु विदेशीदै गए राष्ट्रवादी शिक्षा नीति भएन अर्थव्यवस्था पनि शिक्षा राष्ट्रवादी हुन सकेन उद्योग पनि राष्ट्रवादी हुन सकेन यो राष्ट्र कसरी बनाउने भनेको सोचै विकास भएन त्यस खालका क्रियाकलामबाट दिक्क भएर अब नव युवकहरु म जसरी आशावादी छु सम्पूर्ण नेपाली हरुले कसैले चिनेको होइन मतदान गर्दा यो युवाको युग हो भनेर युगलाई मतदान गरिएको र त्यो मतपत्रको सम्मान गर्न सिक्नु पर्छ भन्ने कुरा चाही हामी जहिलेपनि उहाँहरु प्रति हार्दिक अनुरोध गर्छाै । उहाँहरुले सिक्नु भएको छैन भने त्यो मतदानको सम्मान गर्न सिक्नुपर्छ भन्ने हाम्रो हार्दिक आग्रह छ ।

अहिले पछिल्लो समयमा नयाँ पुस्ताको नेतृत्व र सरकार प्रति पनि केही अप्ठ्याराहरु चाहिँ महसुस भइराखेको भन्ने सुनिन्छ । बजारमा चिया चौताराहरुमा तपाईहरु त अलिकति परिपक्व पनि हुनुहुन्छ अनुभवले पनि खारिएको शिक्षा क्षेत्रमा शिक्षाको नीति के हो भन्ने कुरा पनि थाहा भएको र पढाउनु पनि भएको निकै लामो समय र राजनीतिक क्षेत्रमा पनि विभिन्न कालखण्डमा अनुभव गरेर आउनुभएको अनुभूति गर्नुभएको यो पछिल्लो समय आएको अप्ठ्यारो चाहिँ तपाईंहरुले कसरी लिनुभएको छ ?
के भन्दा खेरि युवाहरुले नयाँ परिवर्तन खोजेको थियो सत्तामा बस्ने युवाहरुले नयाँ परिवर्तन अथवा त्यो समयको त्यो परिवर्तन पछाडि चाहिँ परिवर्तन गर्ने प्रतिबद्ध भएन मलाई लाग्छ के छ भने त्यतिखेर साच्चै नै युवाहरुको परिवर्तनलाई वैधानिकता दिनुपथ्र्यो भने अन्तरिम संविधान को आवश्यकता थियो मेरो व्यक्तिगत कुरा है अन्तरिम संविधान जारी गरिदिएको भए नराम्रा कुराहरु समाप्त भएर राम्रो कुराको युग सुरु भइसक्थ्यो र त्यो युग अलिकता पछाडि भयो तर केहि बिग्रेको छैन मलाई लाग्छ यो संविधानमा भएका कमजोरीहरु असफल असजिलाहरु अप्ठ्याराहरु जनताले पनि आक्षेप लगाएका कुराहरु अब विविध एकता भित्रको एकता निर्माण गर्न नसकेका कुराहरुलाई जोडेर फेरि एउटा नयाँ युग यो नयाँ युवका नेतृत्वकारी सरकारका साथीहरुले गर्नु पथ्र्यो भाइहरुले गर्नु पथ्र्यो भन्ने हाम्रो आग्रह हो ।

अहिले आशा लाग्दो अथवा गर्दै गरेको के लाग्छ तपाईंलाई चाहिँ त्यो जुन कस्तो गर्नु पथ्र्यो अथवा नभएको भए कस्तो गर्नु पथ्र्यो ?
मुख्य कुरो प्रजातन्त्र नै ठुलो कुरा हो । प्रजातन्त्र भनेको पारदर्शिक हुन्छ । हिजोका साथीहरुले पारदर्शिता गरेनन् देखाएनन् भने आजका साथीहरुले पनि हिजोको ले देखाएनन म पनि देखाउदिन भन्न मिल्दैन । यहाँ यो संविधान र प्रजातन्त्र प्रति सबै प्रतिबद्ध हुनुपर्छ हिजोका साथीहरुले पनि अब हामी प्रतिबद्ध हुन्छौ भनेर आत्मालोचना गर्न सिक्नु पर्यो र आजका साथीहरुले पनि नयाँ गोरेटो निर्माण गरेर यो संविधानलाई अक्षर अक्षर पालन गर्ने संविधान निर्माण गरेर यसमा त्रुटि छन् भने त्रुटि छन् भन्ने आवाज आइसक्यो किन भन्दाखेरि अब एकथरीले भन्छन् प्रधानमन्त्री पारदर्शी छैन संसद प्रति जवाफदेही छैन यदि साच्चै नै संसद प्रति जवाफदेही नहुने हो भने त यो प्रजातन्त्र होइन लोकतन्त्र चाहिँ हरायो कि अथवा प्रधानमन्त्रीका के अप्ठ्यारो छ सार्वजनिक गर्नु पर्यो जनतालाई भन्दिनु पर्यो नि त हाम्रो प्रधानमन्त्री हुन् नि त प्रधानमन्त्रीका असजिलो हुन सक्छ संविधानले गर्यो कि कानुनले गर्यो कि प्रधानमन्त्रीले सार्वजनिक गर्दिनु पर्यो र यहाँ अप्ठ्यारो एकले अर्कालाई विश्वास नगर्ने के एउटा निश्चित घेरा भित्र राज्यलाई लगेर राज्यलाई असफलताका पक्षमा लानु हुँदैन र सबैले अर्थराजनीतिको प्रतिज्ञा गर्नु पर्यो यहाँ किन देशमा सरकार चाहियो भन्दा उद्योग चलाउनु पर्यो व्यापार चलाउनु पर्यो कृषि चलाउनु पर्यो शिक्षा राष्ट्रवादी हुनुपर्यो नेपाली जनतालाई कस्तो शिक्षा चाहिएको छ र यसबाट त्यो शिक्षाले कस्तो उद्योग संचालन गर्न सक्छ कस्तो कृषि चलाउनु पर्ने हो । कस्तो व्यापार चलाउनु पर्ने हो भन्ने कुरा चाहिँ अब सबै प्रष्ट हुनुपर्छ भन्ने कुरा चाहिँ हाम्रो आग्रह हो । यहाँ व्यक्तिले कसले के गर्यो भन्ने कुरा आएन ।

यो राजनीतिक पार्टी प्रति प्रतिबद्ध संविधान हो भने यो संविधानलाई अक्षर अक्षर पालन गर्ने यसका त्रुटि सुधार गरेर राजनीतिक दलहरुले सुधारको पक्षमा जानुपर्छ ।
किनभने एउटाले अर्कालाई गाली गर्ने अर्कोले अर्कालाई गाली गरेर यो देशका जनताहरुलाई भूमण्डलीयमा अविश्वास, संकट र अन्तद्र्वन्द्वको जोखिममा राख्ने काम राजनीतिक पार्टी र बुद्धिजीवीहरु, समाजसेवीहरु कसैले गर्नु हुँदैन भन्ने कुरा हाम्रो निचोट हो ।

 जस्तो अहिले राजनीतिक दलहरु केही अभ्यास पनि भइराखेको र जहिले पनि प्रतिपक्ष अथवा अन्य सरकारभन्दा बाहिर रहेका पार्टीहरुले विरोध गर्ने चलन । तपाईले भन्नुभयो राजनीतिक पार्टीले विश्वास गरेर जानु पर्छ । अब त्यस्तो सबैलाई मान्य हुने खालको नीति चाहिँ के हुन सक्ला तपाईको विचारमा ?
पहिला कुरा म यो राष्ट्रको नागरिक हुँ । म राष्ट्र प्रति बफरदार छु भनेर सबैले भन्न सिक्नु पर्यो । मेरो नागरिकता नेपाली छ भनेर पुग्दैन । यो अहिलेको पुरानो नेतृत्वहरुले मेरो नागरिकता चै नेपाली हो भनेर गौरव गरेर मात्र भएन । उनीहरुले त्यो नागरिकता मात्र नेपाली हो भन्ने गौरव गरेकोले नै उनीहरु असफल भए । असफल भएको रियलाइज गर्नु पर्यो पुराना नेतृत्वहरुले पनि हामी यो कारणले असफल भयौं हामीले चाहिँ अर्थराजनीति सिकेनाछौ । देशलाई तन्नम बनायौं देशलाई आर्थिक संस्कार र सभ्यता विकास गरेनाछौ । भ्रष्टाचार चरम भयो ठगी भयो तस्करी भयो प्रशासन कुशल ढंगले संचालन गर्न सकेनाछौ । ब्युरोक्र्याटलाई लाइन अफ डिमार्केसनमा राख्न सकेनाछौ । एउटा संवैधानिक सेवा भित्र कोहि पनि बस्न रुचाएनन् । जसलाई संविधानिक सीमा भित्र बस्नु भनेको संविधानवाद र संविधानवाद भएन भने प्रजातन्त्र हुँदैन । सबैले हामी यो संविधानमा यो त्रुटि छ यो कारणले मान्यौं । अब हामी सबैले स्वीकार्ने सभ्यता राजनीतिक सभ्यता विकास गर्ने संविधान अब विकास गरौं भनेर जाने । नभए यस अक्षर अक्षर मान्ने भने विभाजित गरेर दुनिया दिवाना कुरा गरेर देश चल्छ त चलेको छ त ? यो अहिले के भयो को फुट्छ को टुट्छ भन्ने सम्म मतलब होइन । यो कहाँनेरीको बाटोबाट बिग्रिरहेको छ त ? मलाई लाग्छ यहाँ संविधान नै नस्वीकार्नेले संविधान स्वीकारेका हुन् कि ? अथवा संविधानमा नहुने कुरा राखेर नेपाली जनतालाई भार थोपेरिएको हो कि ?े प्रदेशको संरचना कुरा आएको छ । नेपाल जस्तो मुलुकमा यस्तो आर्थिक भार किन थपिने ? चाहिने चिज हो भने चाहिने हो भन्नु प¥योे यति कारणले चाहिने भन्नु पर्यो नि त । कुन कुन प्रदेशले कति उत्पादन गरेको छ ? कति जनसंख्या तयार गर्यो ? कति कृषि उत्पादन भयो ? हामीलाई चाहिने त्यो । कति उद्योग भयो, कति व्यवसाय भयो, राजस्व कति जम्मा भयो र विकास के के भयो? जनतालाई म कुलो बनाइदेको छु । मैले नहर बनाइदेको छु भनेर ठगेर हुन्छ ? सबै थोक गरेर जनशक्ति विकास खोइ त ? किन विदेश गएको त हाम्रा युवाभाईहरु ? किन हरेक दिन चाहिँ विदेश जाने लाइन बस्छ १२ क्लास पास भएपछि सबै विदेश जानुपर्छ किन भन्छन ? यो प्रश्नको जवाफ हरेकले दिनुपर्छ ।

यो त कहिले रोकिएन यो यो के गर्दा चाहिँ रोकिन्छ त । तपाईंहरुलाई पनि आइडिया त होला नि । ?
हामीले सुझाव के दिएको भने नयाँ भाइ भतिजा सबैलाई सुझाव पहिला राष्ट्रवादी शिक्षा नीति तयार गर । हामीलाई कति इन्जिनियर चाहिएको ? हामीलाई जेटीओ कति चाहिएको ? हामीलाई कति शिक्षक चाहिएको ? कति व्यापारी चाहिएको ? कति उद्योगपति ? कति डेभलप डिप्लोमेसी चाहिएको ? को कति म्यानेज म्यानेजरियल स्किल चाहिएको ? कति टेक्निसियन चाहिएको ? त्यसको तथ्य तथ्यांक दिनु पर्छ कि पर्दैन ? डलर तिरेर पढाउने अनि बेरोजगार भएर सडकमा बस्ने बोर्डिङ स्कुलमा डलर तिर्ने हो नि । त्यहाँ त के छ भने १२ महिनामा १२ पल्ट जाँच हुन्छ । कपि मास्टरले जाच्छन् तिनीहरुले पैसा पाउदैनन् । अनि त्यस पछाडि अभिभावकहरुले हरेक पल्ट ३००÷ ५०० तिर्नु पर्छ । टाईको अलग तिर्नु पर्छ । बेल्टको अलग किताबको अलग तिर्नु पर्छ । बैकिङ संस्थानहरुले तिनै बोर्डिङलाई लगानी गर्छन । कहाँ उद्योगलाई लगानी गरेको छ ? बैंकहरुले पनि भन्दिनु पर्यो क्या । हामीले यति वर्षमा यति वटा उद्योगलाई लगानी गर्यौ । यति साना किसानलाई लगानी गयौ । यति किसानलाई गर्यौ । यति मध्यमलाई गर्यौ । यस्तै यस्तै राष्ट्रिय पुजीपतिलाई गर्यौ । के राष्ट्रिय पुजीपतिको मात्र बैंक हो त ? देश राष्ट्रिय पुजीपतिको मात्र हो ? सामान्य नागरिकको होइन । मलाई लागेको हो । यो मैले कसैलाई गाली गर्या हैन है। राष्ट्रको आवश्यकतालाई भन्या ।

धितो नभएसम्म लोनै दिदैन बैकले । ?
धितो राखेर पनि किसानले पाएको छैनन् भन्ने गुनासो आइरहेको छ के हामीलाई । त्यहाँ बैंकमा सामान्य किसान जाँदा खेरि सबै कुरा चिन्नु पर्यो । अथवा कसको फलानाको मान्छे भनेर चिन्नु पर्यो । भनेको यो सिस्टमले के जन्मायो भन्दा खेरि अविश्वास जन्मायो के । पानीको बिल तिर्न जाँदा पनि चिन्नु पर्ने जस्तो पो भइसक्यो । राजस्व जनताले तिर्न पाउनु पर्यो नि । पढ्न जाँदा खेरि चाहिँ सरकारी स्कुलको त्यो एडमिसन खोलौँ भनेर सबै जानुपर्ने त्यहा नगएर नीजिमा जान्छन् । त्यो निजीमा जानु नपर्ने वातावरण कसरी बनाउन सकिन्छ ? त्यो कुरोको रिसर्च गर्नु पर्यो नि । अहिले त धेरै पीएचडी साथीहरु विद्वान छन् । विद्वान नै विद्वानको हुल हामीले पठाइदिएको छौँ। हामीले आँखा चिप्लिएर भरिदिएका छौ ।
विद्वानको कुरा पनि आयो । नेपालको यो सरकार बन्छ अनि कता कता अन्तर्राष्ट्रियले खेल्छ भन्ने राजनीतिक पार्टीले आरोप पनि लगाउने गरेका छन ्। अब कुटनीतिक रुपमा चाहिँ के नेपाल चिप्लिदै गएको हो कि अथवा स्ट्रङ बनेको यो के

भएको हो जस्तो नत्र भने यसरी अरु देशलाई त आरोप लगाउन नपर्ने ?
हजुरले भनेको कुरा पनि ठिकै हो । कस्तो भने पहिलो कुरा आफ्नो घरमा प्रष्ट हुनु पर्यो । हामी घरमा प्रष्ट हौ । त्यसपछाडि छिमेकी सँग प्रष्ट हौ । अनि हामीलाई माया गर्ने सबै सँग प्रष्ट हुनुपर्ने हो । यहाँ घरमा प्रष्ट छैनौ । एकले अर्का प्रति शंका गरेका छौ । मान्छौं त्यही संविधान भनेर भन्छौं तर मान्ने काम चाहिँ हामी कसैले गरेका छैनौं । किन गरेका छैनौं ? भनेको मतलब सरकार त्यही संविधान भित्र बन्यो रे । सरकार चाहिँ यस्तो बन्यो मानु एउटा बिपक्षीहरुले एउटा भनिरहेको छ । सरकारको नेतृत्वले पनि त्यो संसद जहाँबाट आफु आएको हो त्यो मूललाई सम्मान गरेको छैन । योसुझाब है । गाली गरेको हैन । त्यसलाई त विश्वास गर्नु ब्युरोक्रेट्स पनि एउटा म्यानेजमेन्ट हो । एउटा सचिव बनाउनलाई २० वर्ष लाग्छ । हाम्रो राष्ट्रिय राजश्वले बनेको सचिव हो । र उसबाट उपयुक्तता लिन सक्नु पर्यो । उसलाई थकित बनाउनु भएन । गोरु जोत्दा खेरि गोरुलाई बिस्तारै बिस्तारै फकाउँदै फकाउँदै जोत्ने हो नि । डंगी डंग लट्ठी लगाउनु भएन । ढाडनै भाचियो भने अर्को गोरु कहाँबाट ल्याउने ? यो त किसानले भन्ने कुरा हामीले भन्ने होइन । गोरु कुटाइले सरकार चल्दैन । जति हाम्रो रिसोर्सेज छ त्यसलाई युटिलाइज गर्नु पर्छ । यसबाट भाइहरु कोहि पनि रिसाउनु हुँदैन । हामीले भनेको सुझाव हो है । नागरिकले दिएको सुझाव हो यो । एउटा बाकसमा खोर्सानी नै खोर्सानी छ त्यहाँ अंगुर खोजेर भेटिन्छ ? आखिरी एउटा खोर्सानी निकालेर फ्याके पनि अर्को निकाले पनि खोर्सानी त हो । खोर्सानी खोर्सानी हो । त्यसकारणले खोर्सानी बोटमा अंगुर खोज्नु हुँदैन र आफूले युटिलाइज गर्न सक्नु पर्यो । भनेको मतलब यो व्यवस्था मा केही खराबी छ भने यो व्यवस्थामा सामूहिक रुपमा छलफल गर्नु पर्यो । फलानो तिलानो भनेर डुक्रेर चलाउने देश होइन क्या यो त कविला युग हो । प्रजातन्त्रमा बहस छलफल र राम्रा विचारहरु ल्याउनु पर्छ । राम्रा विचार ल्याउन के को लागि ल्याउने ? देशको लागि ल्याउने, नागरिकको लागि ल्याउने, देश र नागरिकको लागि सरकार हुन्छ क्या । चुनाव भनेको कुरा सधैका लागि लालमोहर होइन । एक समयमा गरिएको विश्वास हो । त्यो विश्वासलाई जीवन्त रुपमा राख्ने कि नराख्ने ? त्यसलाई सम्मान गर्ने कि नगर्ने ? अहिले सोच्छु गाउँ गाउँमा मान्छे हप्काउँछन् अरे । सरकार हुने बित्तिकै मान्छे हप्काई हाल्नु पर्ने ? हिजो ति पुराना दलहरुका साथीहरुले पनि त्यस्तै गर्थे अरे । अब केहि गर्नु पर्यो भने पार्टीकै मान्छे हुनु पथ्र्यो रे अहिले पनि त्यहि हो यो हुनु हुदैन मेरो सुझाव है ।

त्यस्तो भएको छैन होला
हाम्रो तहमा आएको कुरा भन्देको नहोस् नगरुन नचाहिने काम नगरुन फोन फोनमा हप्काउछन रे गाली गर्छन रे त्यसो भए त यो देश बाडौ न एउटाको एउटा सबै त्यो प्रचण्ड जी ले यही चाहेको हो बाबुराम जी ले यही चाहनु भएको थियो कति वटा स्टेट बनाउनु भनेर भन्नु भएको थियो जो जसको जहाँ जहाँ बल पुग्छ त्यति खेर यो मैले एउटा सुझाव है राष्ट्रभक्तित्व निर्माण गर्नु पर्यो । यहाँ कोही बैरी छैनन् क्या । हिजो गल्ती गर्नेहरुले पनि प्रायश्चित गर्नु पर्यो ।
ल हामीलाई यति कारणले तपाईंहरुले सजाय गर्नु पर्यो भनेर भन्न सक्नु पर्यो नि त । गरेको होइन भने यो गरिन भन्नु पर्यो नि त । हुल ल्याएर गरिन भन्ने । पहिला व्यक्ति कन्सियस हुनुपर्यो । मैले यो अपराध गरेको स्वीकार्नु पर्यो नि त ।

यो अहिले पछिल्लो समयमा राजनीतिक पार्टीहरु नागरिकहरु चुपचाप छन् । तर खुसखुस खुसुखुसु खुसुखुसु चाही गरिराखेका हुन्छन । यो खुसुखुसुको चाही कारण के हो जस्तो लाग्छ ?
खुसुखुसु भनेको पहिलो कुरा त मुलुकको राजनीति अर्थ राजनीतिमा जानु पर्यो के । भन्नुको मतलब नेपालीहरुले के सोचे भने उद्योग पनि राजनीति हो कृषि पनि राजनीति हो जागिर पनि राजनीति हो उद्योग पनि राजनीति हो भनेर भन्छ जस्तो तपाईहरु स्वतन्त्र पत्रकारिता गर्नुभएको छ नि त । तर यहाँ सबैले स्वतन्त्र पत्रकारिता गरेको छ । राजनीतिक पार्टीको एउटा पत्रकार हुनुपर्छ भनेपछि तपाईको सिर्जनाशीलता घट्यो क्या सिर्जनात्मक । हैन हाम्रो राजनीतिक पार्टीको हो नि ।सबैले गर्न सिक्नु पर्यो क्या । हामी चौथो अङ्ग हौ । निर्णयक भूमिका खेल्न सक्छौ । भन्नु प¥यो । इन्डिया तिर अमेरिका तिर सिधै पत्रकारले समाचार छापेपछि क्वाक्वा गर्छन् सबै । हाम्रो त्यो पत्रकार साथी हरुले पनि आफ्नो शक्ति राष्ट्रको लागि प्रदर्शन गर्दिनु पर्यो कसैले गल्ती गरेको छ भने ल्याईदिनु प¥यो । तर कसैलाई गाली गरेर त फटाहा त कालो भनेर गोरो भनेर भन्या हैन यो देश बनाउने जिम्मेवारी लिनु भएको छ लिनुस राम्रो हो तर के भने प्रजातन्त्र भनेको लुकेर गर्ने चिज होइन हिजो जनयुद्ध गर्ने प्रचण्ड जी हरुले पनि लुकेर गरे अन्तमा थकित भएर प्रजातन्त्रमै आउनु पर्यो भने झापा आन्दोलनका त्यतिवेलाकाहरु पनि थकित भएर प्रजातन्त्रमा आउनुभयो । कांग्रेसहरु पनि प्रजातन्त्रमा आउनु पर्यो ।

कांग्रेसहरु हामी नै प्रजातन्त्रको सबै थोक हौ भन्छन् तर उनीहरु राणा बाट छुटेर प्रजातन्त्रमा आएका हुन् । प्रजातन्त्र भनेको मतलब प्रजातन्त्र नभैकन हुदो रहेनछ भन्ने कुरा सबैले महसुस गरेको र सबैले महसुस गर्नु पर्छ प्रजातन्त्र किन भन्दा खेरि यो राज्यलाई राष्ट्रियता स्वाधिनता विकास समृद्धि मानव अधिकार सबै कुराको संरक्षण नगरिकन राष्ट्र बन्दैन राष्ट्र बनाउनको लागि प्रजातन्त्र चाहिन्छ यो एउटा विधि हो । यसलाई परिस्थिति भूगोल सामाजिक संरचना, छिमेकीहरुसँगको समीकरण, छिमेकीहरुसँगको भातृत्व लगायत विषयहरुमा गम्भीर हुनुपर्छ । तर अघि तपाईले सोधेको प्रश्नमा अलिकति अलमले जस्तो छ । जस्तो भन्या मतलब त्यहाँ अलिकति कुरा त भन्या हो । तर के हो भने पहिलो कुरा चाहिँ हामीले छिमेकी हरुसँगको सम्बन्ध चाहिँ गम्भीर रुपले सम्मानपूर्ण, स्वस्थ, सम्मानजनक, आपसी हित र सहयोगको लागि र स्वाधिनताको रक्षा गर्दै स्वाधिनता बिनाको सम्बन्ध पनि गर्नुहुन्न त्यहाँ सम्बन्ध त्यसैलाई हामी लाइन अफ डिमार्केसन विथ नेभर यस कन्ट्री भनेर भन्छौ हाम्रा लागि दुइटा महान दुइटा शक्तिशाली देश छिमेकी छन् । हाम्रा दुइटै छिमेकीहरुलाई हाम्रो देशमा व्यापार गर्दिउ व्यापार गर्दिउन हाम्रो देशमा टुरिस्ट पठाइदिउन हाम्रो देशमा अथाह जमिन छ तराई तिर दुई नम्बर क्षेत्रमा उद्योगै खोलिदिउन हामी छिमेकीलाई पहिला स्वागत गरौं विश्व समुदाय जसले हामीलाई माया गरिरहेको छ हाम्रो नीति मानेर विश्व समुदाय जसले हामीलाई माया गरेको छ यो देशमा आएर उद्योग खोल्दिउन हाम्रा रोजगारी यही दिउन किन बेकारमा अमेरिकामा रोजगार हुन जाने अमेरिकाकै मान्छेले यहाँ आएर उद्योग खोले भैगो नि त्यसकारण हाम्रो हार्दिकता भनेको परराष्ट्र नीतिलाई असंलग्नता, विश्वभातृत्व, विश्वशान्ति र विश्वसम्मान र सहकारितामा जोडिदिउँ र छिमेकी राष्ट्रहरुसँग स्वस्थ, सन्तुलित र सम्मानजनक सम्बन्ध निर्माण गरौँ । गर्ने प्रयत्न गरौँ र यसलाई ठोस रुपमा पुर्याउ त्यही नै हो राष्ट्र निर्माणको अभियान ।

हामी अन्त्यमा आइसक्यौँ । अघि तपाईंले भनेको अरु राष्ट्रले लगानी गरुन यो गरुन त्यो गरुन अमेरिका किन जानु पर्यो अमेरिका आएर यहाँ लगानी गर्देओस् अथवा ठुला राष्ट्रले त्यहि गर्दिउन तपाईको भन्ने कुरा आयो तर त्यो हुनलाई त यहाको शान्ति सुरक्षा यहाको अमन चयन यहाको व्यवस्था ठिक हुनु पर्छ भनेर एक खालका मान्छे कराइरहेका हुन्छन् । तिनीहरुले गल्ति भनेका हुन् कि के हो ?
यस्तो कुरा आफुलाई दृष्टिकोणमा राख्न नसक्दा खेरि त्यो भन्ने कुरा हुन् । राजनीतिक पार्टी भन्नेहरुले नेता भन्नेहरुले हाम्रा समस्या के हुन् त सार्वजनिक गर्नु पर्यो । उनीहरुले कहाँ गल्ती गरे ? जनताले लागाएका आरोपहरु यी आरोप यहाँनेर म चुके । यहाँ गल्ती गरे अब गर्दिन भनेर कान समात्न सक्नु पर्यो । अथवा उनीहरुले हामीले बनाएको संविधान भन्ने साथीहरुले चाहिँ यो संविधानमा यहाँनेर त्रुटि रहेछ । हामीले यो संविधानले गर्दा हामी भ्रष्ट भयौं भन्दिनु पर्यो । संविधानले गर्दाखेरि हामी तस्करसँग मिल्यौ भन्दिनु पर्यो । भनेको मतलब यो संविधान मान्न सक्ने छ कि छैन ?

बल्लभ कार्की नागरिक समूहका अध्यक्ष तथा पुर्व शिक्षक राजनीतिक विश्लेषक समेत हुन् । डिजिटल अन्तवार्ता उतारिएको हो संवाद लामो भएको हुनाले पछिल्ला बिषय केही काटिएको छ । पुरै सुन्नलाई तलको लिन्कमा गएर युटुबवाट हेर्न र सुन्न अनुरोध छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend