जन आकाश
काठमाडौं । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैंको अवसरमा सञ्चालन गरेको ‘यो दशैं, आशाको सुरुवात’ योजनाअन्तर्गत सातै प्रदेशका पहिलो तीन हप्ताका विजेता घोषणा गरेको छ।
कम्पनीले ‘होण्डा छ साथ साथ’ अभियानमार्फत प्रत्येक प्रदेशबाट हरेक हप्ता एक जना विजेता छनोट गरी एक लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गर्दै आएको छ।
यस योजनाअन्तर्गत पहिलो हप्तामा प्रदेश १ बाट रामचन्द्र न्यौपाने, प्रदेश २ बाट अफजल मियाँ, प्रदेश ३ बाट गोकुलप्रसाद ओली, प्रदेश ४ बाट विज्ञान लामा, प्रदेश ५ बाट कृष्णबहादुर खड्का, प्रदेश ६ बाट पदमबहादुर शाही र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादव विजेता बनेका छन्।
त्यस्तै, दोस्रो हप्तामा विकासकुमार यादव, सुन लामा, राजु महर्जन, बलराम थापा, पुष्पा थारू, मानसिंह दाहाल र विनिता पाठक विजेता घोषित भएका छन्।
यसैगरी, तेस्रो हप्तामा आशिष राई, सुशीलकुमार श्रीवास्तव, दिशान्त विष्ट, मनोज घिमिरे, दामोरबहादुर बुढाथोकी, प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर र जुजेस्टर राणा विजेता बनेका छन्।
कम्पनीका अनुसार विजेताहरूले प्राप्त गर्ने रकम बराबरकै थप रकम होण्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ। ‘सहयोगको संकल्प’ नाम दिइएको यस अभियानमार्फत चाडपर्वको खुसीसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
यसैबीच, ग्राहकहरूको उत्साह र सहभागितालाई ध्यानमा राख्दै कम्पनीले योजना आगामी मंसिर १४ गते अर्थात् नोभेम्बर ३० सम्मका लागि थप गरेको छ।
स्याकार ट्रेडिङ कम्पनीले सम्पूर्ण विजेतालाई बधाई दिँदै होण्डा ब्रान्डप्रति नेपाली ग्राहकले देखाएको विश्वास र मायाप्रति आभार व्यक्त गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend