logo मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026
logo

मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026

नेपाल बीमक संघद्वारा नवनियुक्त बीमा प्राधिकरण अध्यक्षलाई बधाई तथा शुभकामना


  • जन आकाश
  • मंगलबार, मंसिर १ २०८३

काठमाडौं । नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।



संघले अध्यक्षसहित आबद्ध सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरूको सहभागितामा आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिएको हो।

कार्यक्रममा नेपालको बीमा क्षेत्रको समग्र विकास, विस्तार तथा सुदृढीकरण, बीमा सेवाको पहुँच अभिवृद्धि, बीमितको हित संरक्षण तथा बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने विषयमा छलफल भएको थियो।

त्यसैगरी, नेपालको बीमा क्षेत्रको विकासका लागि नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूबीच आपसी समन्वय, सहकार्य तथा सहकार्यात्मक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत विचार आदानप्रदान गरिएको संघले जनाएको छ।

नेपाल बीमक संघले नवनियुक्त अध्यक्षको सफल कार्यकालको कामना गर्दै उहाँको नेतृत्वमा नेपालको बीमा क्षेत्र थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend