जन आकाश
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय च्यासल पुगेकी छन्।
एमालेको स्थायी कमिटीको दोस्रो बैठक आज दिउँसो केहीबेरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।
भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा बोलाइएको बैठकले भेलाका एजेन्डा अनुमोदन गर्नेछ। त्यसैगरी, आगामी मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा निर्माण गर्ने कार्यसूची रहेको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बैठकमा राष्ट्रिय कार्यकर्ता भेलाको तयारी, केन्द्रीय कमिटी बैठकका एजेन्डा र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend