जन आकाश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिइएको आरोप लगाएका छन्।
बुधबार काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) ले राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।
उनले राणाशासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने धम्की दिनु गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरे।
ओलीले कसैविरुद्ध अपराधको प्रमाण भए कानुनी कारबाही गर्न चुनौती दिँदै धम्कीको भरमा राजनीतिक नेतृत्वलाई त्रसित पार्न खोजिएको आरोप लगाए।
त्यस्तै, गृहमन्त्री सुदन गुरुङले फाइल खोल्ने र १०१ जनालाई पक्राउ गर्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै ओलीले सके सबैलाई पक्राउ गरेर देखाउन चुनौती दिए। उनले एमाले कुनै पनि प्रकारको आतंक र धम्कीबाट नडराउने दाबीसमेत गरे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend