logo शुक्रबार, मंसिर ११ २०८३ | Friday 27th November 2026
logo

शुक्रबार, मंसिर ११ २०८३ | Friday 27th November 2026

चीन भ्रमणको उपलब्धिबारे रवि लामिछानेलाई महामन्त्री आचार्यको ब्रिफिङ


  • जन आकाश
  • शुक्रबार, मंसिर ११ २०८३

काठमाडौँ । चीनको १२ दिने भ्रमण सकेर स्वदेश फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भएका राजनीतिक भेटघाट र छलफलको विवरण पार्टी सभापति रवि लामिछानेलाई बुझाएको छ।



पार्टी महामन्त्री तथा भ्रमण टोलीका प्रमुख विपिन कुमार आचार्यले आज सभापति लामिछानेलाई भेटेर भ्रमणका उपलब्धि र अनुभवबारे जानकारी गराएका हुन्। आचार्यको नेतृत्वमा २० सदस्यीय टोली नोभेम्बर १५ देखि चीनका सिचुवान, चच्याङ र बेइजिङलगायत क्षेत्रको भ्रमणमा गएको थियो। उक्त टोली नोभेम्बर २६ मा नेपाल फर्किएको हो।

ब्रिफिङका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्तालाई विशेष महत्व दिइएको थियो। भेटमा दुई पार्टीबीचको सम्बन्ध विस्तार, राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका विषयमा सहकार्य गर्ने सम्भावनाबारे छलफल भएको आचार्यले जानकारी गराएका थिए।

त्यसैगरी, चिनियाँ नेताहरूसँग केन्द्रीय तहदेखि स्थानीय तहसम्म भएका संवाद, विभिन्न उद्योग तथा व्यवसायको अवलोकन र विपद् व्यवस्थापनसम्बन्धी तयारीबारे पनि सभापति लामिछानेलाई जानकारी दिइएको थियो। भेटमा नेपाल–चीनबीच द्विपक्षीय सहकार्यका सम्भावनाबारे समेत छलफल भएको जनाइएको छ। भ्रमणबाट प्राप्त अनुभव र सिकाइलाई पार्टीभित्र मात्र सीमित नराखी देशको विकास तथा सुशासनमा उपयोग गर्न सभापति लामिछानेले भ्रमण टोलीलाई निर्देशन दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend