logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपाल फाईनान्स लिमिटेडको सधारणसभा भर्चुअल प्रबिधिको प्रयोगद्धारा सम्पन्न


  • जन आकाश
  • आइतबार, असोज ११ २०७७

????????????????????????????????????

काठमाडौं ।
यस नेपाल फाईनान्स लिमिटेडको २० देखि २७ औं बार्षिक साधारण सभा कोभिड १९ जस्तो महामारीको बाबजुत सम्पूर्ण शेयरधनीहरुको भौतिक तथा अभौतिक (भच्र्युअल) माध्यमबाट असोज १० गते, संस्थाको केन्द्रिय कार्यालय कमलादी काठमाण्डौंमा संचालक हरु प्राध्यापक हिरेन्द्रमान प्रधान(राष्ट्रिय योजना आयोगको सदस्य भइसक्नुभएका प्रा. हिरेन्द्र मान प्रधान –अध्यक्ष) , चन्द्रकुमार राई( ,श्री दिप्रश शाक्य राजन प्रजापती ,रोजीना श्रेष्ठ , लक्ष्मी महर्जन ) तथा स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकार लगायत आधारभुत शेयरधनीहरुको उपस्थितीमा सम्पन्न भएको छ ।



सो साधारणसभाले संंस्थाको अधिकृत पूजी १ अर्ब र जारी तथा चुक्ता पूजी ८४ करोड २ लाख बनाउने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको फाईनान्सले जनाएको छ ।
साथै साधारण सभाल असोज १० देखि सो प्रकृयालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ ।

२०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकाल देखि हाल सम्म आफ्नै इतिहास वोकेको र यसको हाल सम्मको यात्रामा विभिन्न प्रकारका सफलताहरुका साथै कडा कठिनाईको चुनौतिहरुलाई सामाना गर्दै अघि वढिरहेको विषयमा पनि साधारणसभामा ब्याक्त गरिएको थियो ।

संस्थालाई नयाँ ढंगले आफै संचालन गर्न सकिन्छ भन्ने अठोटका साथ केहि नयाँ शेयरधनीहरु समेतको सक्रियतामा यस संस्थाको चुक्तापूँजी रु ८४,०२,६५,५९४÷– अक्षरेपी चौरासी करोड दुई लाख पैसाठ्ठी हजार पाँच सय चौरानब्बे मात्र) पु¥याउन १ः१.७५ (एक बराबर एक दशमलब सात पाँच) को अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव साधारणसभाबाट पारित भएको समेत जानकारी गराउछौं । भनि उल्लेख गरेको छ । संस्थाको मिति २०७४ फागुन २९ गते सम्पन्न भएको बिशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १ः१.२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ जस अन्र्तगत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको छ ।

हाल संस्थाको सुधार कार्यक्रम अन्तर्गत केहि अत्यावश्यक भौतिक सामाग्रीहरु परिवर्तनका साथै आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको छ । अव आउने दिनहरुमा संस्थालाई आधुनिकिकरण गर्दै लैजाने रणनिति लिइएको उल्लेख छ ।

अवका दिनहरुमा संस्थाको सम्पतिको गुणस्तरमा वृद्धिगर्दै लैजाने योजना रहेको त्यसमा संस्थाको व्यावसायिक सक्षमता अभिवृद्धि गर्नका लागि आधुनिक सूचना प्रविधिलाई अवलम्वन गर्दै लैजाने र संस्थाको कर्मठ तथा ईमान्दार कर्मचारीहरुलाई विभिन्न समयमा तालिम गोष्ठिको व्यवस्थापन गरी क्षमता अभिवृद्धि गरिदै लैजान प्रस्ताव राखिएको थियो ।

संस्थाको प्रगति तथा संवृद्धिका लागि गरेका क्रियाकलापहरुमा समय–समयमा प्राप्त राय सुझावहरुलाई आत्मसाथ गर्दै संस्थासंग संवद्ध नियमनकारी निकायहरु, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल सरकार, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सि.डि एस एण्ड क्लियरीङ लि. शेयर रजिष्ट्रार, सम्पूर्ण सञ्चार जगत, अन्य संघ संस्थाहरु तथा विषेश गरी ग्राहकवर्ग प्रति हार्दिक आभार व्यक्त गदै

संस्थाले आफ्ना ग्राहकवर्गको हितलाई संरक्षण गरी विश्वसनीय तथा गुणस्तरीय सेवा प्रदान गर्दै संस्थाको प्रगतिमा कार्यरत रहने आफ्ना शेयरधनीहरुलाई उचित प्रतिफल प्रदानगर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend