जन आकाश
काठमाडौं ।
महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले यहि ९ गते शुक्रबार देखि सिराहा जिल्लाको, गोलबजार नगरपालिका वडा नम्बर ४,गोल बजारमा नँया शाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ ।
महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरि १०३ वटा शाखाबाट करिब ५ लाखभन्दा बढीग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ ।ग्राहकहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन बैंक सदा प्रयासरत रहेको छ भनि उल्लेख गर्ने गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend