जन आकाश
कामना सेवा विकास बैंक लि. र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि.बीच व्यावसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताले बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पलना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि.बाट सिफारिस भइआएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्र्र्जा प्रदान गर्नेछ । यसबाट “आफ्नै व्यक्तिगत घरहोस “भन्ने सपना बोकेका ग्राहक हरुको अभिलासा पुरा गर्न सहजहुने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्झौता पत्रमा हस्तक्षर गर्ने क्रममा बताउनु भएको हो ।
समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अजिरा बिल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि.का प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले कामना सेवा विकास बैंकको केन्द्रीय कार्यलय,ज्ञानेश्वरमा एक कार्यक्रमका बीच हस्ताक्षर गर्नुभएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend