logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सिटी एक्सप्रेसको १०,००० हातमा” योजना सार्वजनिक


  • जन आकाश
  • बिहिबार, असोज १५ २०७७

 



काठमाडौं ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ग्रहकहरुसँग पर्वको खुशी साट्न लगातार ६० दिन सम्म चल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा”उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६० दिन लगातार हरेक दिन १ जना विजेतालाई रु १०,००० उपहार प्रदान योजना ल्याएको छ ।
कम्पनीका अनुसार “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा”अफर असोज १५ गते देखि मंसिर १५ गते सम्म लागू हुने गरी योजना सार्वजानिक गरेको छ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु हुनेछैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो,
सहज र सुरक्ष्तितरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको रेमिट्यान्स कम्पनी हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend