logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

बैंक अफ काठमाण्डूको ग्रिन पिन सुबिधा


  • जन आकाश
  • शुक्रबार, असोज १६ २०७७

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहकहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ । यस सुबिधाबाट बैंकको नयाँ ग्राहकहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकहरुले आफ्नो कार्डको पिन रिसेट गर्न सक्ने गरी नयाँ ब्यवस्था ल्याएको छ ।



नयाँ कार्डबाहक ग्राहकहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएममा गई सहज रुपमा कार्ड एटिएममा राखेर “Enter Your OTP” मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नेछन् । त्यस पश्चात कार्ड बाहक ग्रहकहरुले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक OTP प्राप्त गर्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको OTP प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सक्ने बैकले आज जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend