logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कुमारी बैंकका ग्राहकहरुलाई होटेल ल्याण्डमाकमा आकर्षक छुट


  • जन आकाश
  • सोमबार, असोज १९ २०७७

काठमाडौं । बैकहरुले ग्रहकहरुको सुविधाको लागि प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै प्रतिस्पर्धामा कुमारी बैकले पनि आफ्नो ग्रहकलाई दिने सुविधाका लागि योजना ल्याईरहेको छ ।



कुमारी बैंक लिमिटेड र होटेल ल्याण्डमार्ककाबीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरु ल्गायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३०%, विशेष प्याकेजहरुमा ५%, खानपानमा १५% सम्मको छुट लगायत सोहीहोटेल÷रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख नवीनमुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गर्नुभयो । सो सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल, रिसोर्ट तथा रेष्टुरेन्टतर्फ आकर्षण बढ्ने तथा सोही होटेल बसाई, खानपान आदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त छ भनि उल्लेख गरेको छ ।

विगत २० वर्षदेखि निरन्तर सेवादिईरहेको कुमारी बैंकले आफ्ना १८१ शाखा संजाल, १३९ एटिएम, २२ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आगामी दिनहरुमा पनि ग्राहकको सन्तुष्टि सहित अत्याधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवा सुविधाहरु दिदै जाने प्रतिबद्धता जनाउदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend