logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बैंक अफ काठमाण्डूले शेयरधनीलाई १६ प्रतिशत लाभांश घोषणा


  • जन आकाश
  • सोमबार, असोज १९ २०७७

काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६–७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।



बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई लाभांश वितरण गरीने बैंकले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend