logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

उपेन्द्र पौड्याल नबिल बैंकको अध्यक्षमा नियुक्त


  • जन आकाश
  • बुधबार, असोज २१ २०७७

काठमाडौंं । नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । २०७४ सालमा सञ्चालकका रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको हो ।



पौड्याल पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधिसमेत रहेको बैंकले जनाएको छ । विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको जनाइएको छ । नेसनल बैंकिङ इन्स्टिच्युटको निर्देशक रहेका उनी सफल बैंकरसँगै समाजसेवीका रूपमा समेत परिचित रहेको बैंकले जनाएको छ ।
तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव सँगालेका पौड्याल यसअघि एनएमबि बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

उनले सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए ।

जुन अहिले स्ट्यान्डर्ड चार्टर्ड बैंक भएको छ । पौड्यालले त्यहाँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि एनएमबिमा १७ वर्ष सेवा गरेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend