जन आकाश
काठमाडौं । नेपाल बैंकले आफ्नो स्थापनाको ८४औँ स्थापना दिवसको अवसरमा १२ नयाँ शाखा खोल्ने भएको छ । बैंकले देशका विभिन्न स्थानमा नयाँ शाखा तथा २ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याउन लागेको बैकले जनाएको छ ।
१९९४ साल कात्तिक ३० गते नेपालकै पहिलो बैंकका रूपमा स्थापना भएको नेपाल बैंक ८४ वर्ष प्रवेश गरेको विशेष अवसरमा सेवामुखी बनाउने योजनामा रहेको बैंकले जनाएको छ । त्यस्तै, बैंकले गरेको रक्तदान कार्यक्रममा ८९ जनाले रक्तदान गरेको जनाइएको छ ।
सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीको संयोजकत्वमा गठित अतिरिक्त क्रियाकलाप उपसमितिले लायन्स क्लब अफ बैंकर्स तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाइएको छ । हाल बैंकले देशभरमा १ सय ९१ शाखा, १ सय २६ एटिएम तथा ३६ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend