logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मुक्तिनाथमा अनलाईन कर्जा सुविधा


  • जन आकाश
  • शुक्रबार, मंसिर १२ २०७७


 



काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरुको समयको महत्वलाई ध्यानमा राखि र कोरोना (COVID 19) को महामारीको विषमपरिस्थितीमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले आप्mनो वेबसाइटकबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिन सक्ने साथै कर्जा स्वीकृतिका लागी आवश्यक पर्ने कागजात समेत अनलाइन मार्फत नै ग्राहकहरुले प्रस्तुत गर्नसक्ने सुविधा उपलब्ध गराएको हो । यस प्रणाली मार्फत ग्राहकले आफुलाई सहज पर्ने कुनै पनि शाखा अनलाइन मै छनोट गरीकर्जा आवेदन दिन सकिने साथै, सम्पूर्ण कागजात प्रस्तुत गरिएको ७ दिन भित्रनै कर्जा स्वीकृति गरिने जनाएको छ ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाप्रदान गर्ने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याइएको हो ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीको प्रोत्साहनगर्न बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend