जन आकाश
काठमाडौं । कर्मचारी संचय कोषबाट ग्राहकहरुले लिनुभएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको जुनसुकै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ । कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई बैक अफ काठमाडौको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्नुहुनेछ । यस सुबिधाबाट ग्राहकहरुको समय बचत हुने र बिना झन्झट सजिलै बैंकको शाखा कार्यालयबाट झुक्तानी गर्न सक्ने बैक अफ काठमाडौले जानकारी दिएको छ ।
बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend