logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल उधोग बाणिज्य संघमा क कसले मारे बाजी


  • जन आकाश
  • सोमबार, मंसिर १५ २०७७

मोहन कार्की
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल भारी मतान्तरले बिजयी भएका छन्।
काठमाडौंमा शनिबार राति सम्पन्न निर्वाचनमा ढकालले प्रतिद्वन्द्वी किशोरकुमार प्रधानलाई पराजित गरेका हुन्। ढकालले जिल्ला–नगरतर्फ ५२, वस्तुगततर्फ ५९ र एसोसिएटतर्फ ५ सय २२ मत ल्याएर स्पष्ट जित हाशिल गरेका हुन् ।
प्रधानले जिल्ला–नगरतर्फ ढकालको भन्दा बढी ५३ मत ल्याए पनि वस्तुगततर्फ ३९ र एसोसिएटतर्फ ३ सय ७५ मत मात्र पाएपछि नेपाल उधोग बाणिज्य महासंघमा दोस्रोपटक वरिष्ठ उपाध्यक्षमा पराजयको नाम दर्ता गराएका छन् ।
महासंघको निर्वाचनमा जिल्ला तथा नगरको मत भार ५० प्रतिशत, एसोसिएटको ३० प्रतिशत र वस्तुगततर्फको मतभार २० प्रतिशत रहेको छ । समग्रमा ढकालले जिल्ला–नगरमा २४ दशमलव ७६, वस्तुगतमा १२ दशमलव ०४ र एसोसिएटमा १७ दशमलव ७६ प्रतिशत मतभारसहित ५४ दशमलव ५४ प्रतिशत मतभार ल्याएर प्रधानलाई पराजित गरेका हुन् ।



यसअघि ढकाल एसोसिएटतर्फ र प्रधान जिल्ला नगरतर्फका उपाध्यक्ष थिए। अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गरेका प्रधान शेखर गोल्छासँग पराजित भएका थिए । तर, जिल्ला–नगर उपाध्यक्ष प्रमोद श्रेष्ठ मेयरको निर्वाचनमा उठेपछि रिक्त भएको स्थानमा प्रधानलाई उपाध्यक्ष बनाइएको थियो।

महासंघको उपाध्यक्षमा किशोर प्रधान प्यानलका अञ्जन श्रेष्ठ वस्तुगत समूहबाट तथा दिनेश श्रेष्ठ जिल्ला–नगर समूहबाट निर्वाचित भएका छन्। त्यस्तै, एसोसिएट समूहबाट भने ढकाल प्यानलका रामचन्द्र संघई निर्वाचित भएका छन्। एसोसिएट उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघई निर्वाचित भएका छन्।

उनले अर्का प्रत्याशी सौरभ ज्योतिलाई सानो मतान्तरमा पराजित गरेका हुन्। संघईले ४ सय ५५ मत ल्याए भने ज्योतिले ४ सय ३४ मत मात्र प्राप्त गरेका थिए। संघई मुलुकको ठूलोमध्येको व्यावसयिक घराना त्रिवेणी ग्रुपका सञ्चालक हुन्। त्रिवेणी समूहले उत्पादनमूलक उद्योग, व्यापार, बैंकिङ तथा बिमा, ऊर्जा, शिक्षा तथा मनोरञ्जन क्षेत्रमा लगानी गरेको छ। उनलाई प्रतिष्ठत घराना ज्योति गु्रपका युवा उद्यमी सौरवले आच्छु आच्छु पारेका थिए । नेपालको उधोग क्षेत्रमा युवा अवस्थामा राम्रो छवि बनाएका सौरवको पनि सानदार मत आएको थियो । यद्यपी जित हाशिल गर्न सकेनन् ।

वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ भारी मतान्तरले विजयी भएका छन्। श्रेष्ठले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतान्तरले हराएका हुन् । वस्तुगततर्फ खसेको कुल ९९ भोटमा विजयी श्रेष्ठले ६२ मत ल्याउँदा पराजित श्रेष्ठले ३७ मत मात्रै प्राप्त गरे। लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठ सफल युवा उद्यमीका रूपमा चिनिन्छन्। उनले नेतृत्व गरेको लक्ष्मी ग्रुपअन्तर्गत डेरी, कन्फेसनरी, स्टिल, अटोमोबाइललगायत उद्योग–व्यवसाय रहेका छन्। नवनिर्वाचित उपाध्यक्ष श्रेष्ठ यसअघि महासंघको उद्योग समितिका सभापति रहेका थिए।

जिल्ला–नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्। अघिल्लोपटकको चुनावमा जिल्ला–नगरको उपाध्यक्षमा पराजित श्रेष्ठले अहिले सोही पदमा जित हासिल गरेका हुन्। प्रधान प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठले प्रतिद्वन्द्वी गुणनिधि तिवारीलाई ११ मतले पराजित गरेका हुन्। जिल्ला–नगरतर्फ खसेको कुल १ सय ५ भोटमा विजयी श्रेष्ठले ५८ मत ल्याए भने पराजित तिवारीले ४७ मत मात्रै प्राप्त गरेका थिए ।

प्रदेश सदस्य
प्रदेश एक सदस्यः राजेन्द्र राउत
प्रदेश दुई सदस्यः विजयकुमार साह
बागमती प्रदेश सदस्यः सहनलाल प्रधान
गण्डकी प्रदेश सदस्यः बाबुराम गिरी
लुम्बिनी प्रदेश सदस्यः जमसेर मियाँ
कर्णाली प्रदेश सदस्यः लालिमान बुढा
सुदूरपश्चिम प्रदेश सदस्यः पुष्पराज कुँवर
जिल्ला नगरतर्फ पनि मिश्रित परिणाम आएको छ । दुवै प्यानलवाट जित हाशिल गरेका छन् । यस्तो छ परिणाम ।

जिल्ला–नगरतर्फ
राजन श्रेष्ठ
तारानाथ घिमिरे
कमलकुमार श्रेष्ठ
शोभाकान्त पौडेल
गजेन्द्रकुमार भगत
चक्रबहादुर अधिकारी
अरुणराज सुमार्गी
देवकुमार श्रेष्ठ
रामेश्वर मानन्धर
कमानबहादुर खड्का
सुरकृष्ष्ण वैद्य
कबिरकुमार श्रेष्ठ
डिबी बस्नेत
गोपाल केडिया
महेन्द्रकुमार श्रेष्ठ
उमेश डालमियाँ
किशोरकुमार आचार्य
अमृत भट्टचन

संस्थापक सदस्यतर्फ
दामु अधिकारी

वस्तुगततर्फ
नरेशलाल श्रेष्ठ
मीनमान श्रेष्ठ
सुमितकुमार केडिया
अरनिको राजभण्डारी
भक्तबहादुर हमाल
मनीषलाल प्रधान
प्रकाशसिंह कार्की
शुकुन्तलाल हिराचन
हेमराज ढकाल
विष्णुप्रसाद गैरे
सन्दीपकुमार अग्रवाल
गोविन्द ढुंगेल
सुबोधकुमार गुप्ता
आकाश अधिकारी

एसोसिएटतर्फ
अम्बिकाप्रसाद पौडेल
ज्योत्स्ना श्रेष्ठ
गोपाल खनाल
भरतराज आचार्य
प्रबलजंग पाण्डे
साहिल अग्रवाल
शैलेन्द्र गुरागाईं
विजयसिंह वैद्य
राजेशकुमार अग्रवाल
शक्तिकुमार बेगानी
हेमन्त गोल्छा
सञ्जय गिरी
आनन्दकुमार अग्रवाल बगडिया
देशबन्धु बस्नेत –अजित)
अविनाश बोहरा
सुशील थापा
कृष्णलाल महर्जन
रञ्जितराज आचार्य
मंगेशलाल श्रेष्ठ
विराट थापा
सन्दीप अग्रवाल लगायत रहेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend