logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य


  • जन आकाश
  • आइतबार, मंसिर २८ २०७७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।



सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रुपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ्ग सेवामा विशेष सहुलियत प्रदान गर्नेछ ।

आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हो । यो संस्था आफ्ना सदस्यहरुको वृत्ति विकासका साथै पेशागत हकहितका लागि कार्यरत रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend