जन आकाश
ग्लोबल आइएमई बैंकले ६ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तेह्रथुमको फेदाप गाउँपालिका, धनुषाको नगराइन नगरपालिकाको फूलगामा, दैलेखको दुल्लु नगरपालिका तथा भैरवी गाउँपालिका, बाग्लुङको बाडिगड गाउँपालिकाको सिमालचौर र पाँचथरको याङबरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले तेह्रथुमको फेदाप गाउँपालिकाको ओयाकजुङमा चन्द्रकला ढकाल, धनुषाको नगराइन नगरपालिकाको फूलगामामा राजकुमार शाह, दैलेखको दुल्लु नगरपालिकाको दुल्लु बजारमा दामोदर उपाध्याय, दैलेखकै भैरवी गाउँपालिकाको दादिमाडी बजारमा बखतबहादुर शाही, बाग्लुङको बाडिगड गाउँपालिकाको सिमालचौरमा होमनाथ खराल र पाँचथरको याङबरक गाउँपालिकाको गणेशचोकमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा घनेन्द्र काफ्लेलाई नियुक्त गरेको जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend