जन आकाश
काठमाडौं । कुमारी बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा बैकको केन्द्रीय कार्यलयमा टंगालमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६÷०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अन्लाइन प्लाट्फोर्म जूम (Zoom) मार्फत शेयरधनिहरुको धारणा समावेश गरेको थियो ।
साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७६÷०७७ को लागि १०.८५% बोनस शेयर तथा ३.१५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु.१३ अर्ब ८७ करोड हुनेछ ।
आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप रु.१२४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम रु. ११५ अर्ब १३ करोड प्रवाह गरी संचालन मुनाफा रु.२ अर्ब १४ करोड तथा रु.१ अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७÷०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप रु. १२२ अर्ब २९ करोड तथा कुल कर्जा रकम रु. ११५ अर्ब १९ करोड गरि रु. ८६ करोडको संचालन मुनाफा र रु.६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएकोे जानकारी गराउ‘दछौं । हाल बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १८६ शाखा संजाल, १५० एटिएम्, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ्क इकाई मार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको बैकले जनाउदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend