logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रभु बैंकको कागबेनीमा नयाँ शाखा सञ्चालनमा स्थानीयहरु खुशी


  • जन आकाश
  • बुधबार, पुष १ २०७७

मुस्ताङ । प्रभु बैंकले मुस्ताङको कागबेनीमा नयाँ शाखा सञ्चालन गरेको छ । यो शाखा सञ्जाल सँगै देखि मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ०४ स्थित कागवेनीमा आप्mनो २१२ औं शाखा भएको छ । त्यसको साथसथ त्यहाका स्थानीयले सुविधा पाएका छन् । उक्त शाखा उदघाटन वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गर्नु भएको थियो उहाले प्रभु बैकको शाखा स्थापना सँगै आफ्ना गाउँपालिकाका जनताले सुविधा प्रप्त गर्ने बिषयमा ढुक्क भएको बताएका थिए । नेपालको नीति बैकको बाणिज्य बैकहरुमध्य जनताको बिश्वास जित्न सफल बैक बन्दै आएको प्रभु सवैको प्रभु बन्दै गएको छ ।



स्थानीय रुपमा बिकट जिल्लाहरुका स्थानीय निकायमा बैकहरुको पहुच नहुदा स्थानीय जनताले सास्ती ब्यहोदै आईरहेका छन् । यो अवस्थामा प्रभु बैकले कागबेनीमा बैकको शाखा कार्यलय स्थापना गरेर बिकत क्षेत्रहरुमा पनि प्रभु बैकले सेवा दिन सफल भएको छ । यो कार्यको सवैले प्रशंसा गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend