logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई सुविधा


  • जन आकाश
  • बिहिबार, पुष २ २०७७

 



काठमाडौं । महालक्ष्मी बिकास बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यबसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनर कर्जा कार्यविधि अन्र्तगत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम संचालन गरिरहेका १२५० भन्दा बढी ऋणीहरुको ७२ करोड भन्दा बढी कर्जाको ब्याज दर घटाई ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको छ ।

यसरी पुनर कर्जा सुबिधाका लागी कोभिड १९ को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका बिपन्न बर्र्ग, कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको बैंकले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend