logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

उपत्यकामा मेगाको तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार


  • जन आकाश
  • बिहिबार, पुष २ २०७७

 



काठमाडौं । पुषको चिसोको प्रर्वाह नगरी मेगा बैंक नेपाल लिमिटेडले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेर ग्रहकको सुविधालाई तताएको छ ।

काठमाडौं को गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७, नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७, गुण्डुमा मेगा बैंकको एक्सटेन्सन काउन्टरहरु सोमबारका दिन देखि सञ्चालनमा आएका छन् ।

एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि बिभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु खोलिसकेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०६ वटा शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् भनि बैकले जानकारी दिदै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend