logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

ग्लोबल बैंकद्धारा नागरिक केयर सेन्टर भवन निर्माणालाई सहयोग प्रदान


  • जन आकाश
  • बुधबार, पुष ८ २०७७

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको छ ।



बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमकाबीच नागरिक केयर सेन्टरका संयोजक पवनकुमार शारडालाई रु दुई लाखप चास हजारको चेक हस्तान्तरण गरी सहयोग प्रदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोजक शारडाले ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक केयर सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको विचार व्यक्त गरेका थिए ।

ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत २१ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ भनि उल्लेख गदै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend