logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

ब्रोकर कमिशनको नयाँ योजना लागु भयो


  • जन आकाश
  • आइतबार, पुष १२ २०७७

 



काठमाडौं । पुस १२ गतेदेखि नयाँ ब्रोकर कमिशन लागु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले गत शुक्रबार सेयर दलालले लिंदै आएको ब्रोकर कमिशन ६० प्रतिशत सम्मले घटाउने निर्णय गरेको थियो । त्यो घटाईएको कमिशन दर षौष १२ गतेवाट लागु हुने भएको छ ।

ब्रोकरले सानो रकमको कारोबार गर्ने साना लगानीकर्ताहरुलाई कारोबार सेवा वापत लिदै आएको न्युनतम शुल्कमा ६० प्रतिशत,सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको शेयर खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ३३ प्रतिशत कम हुने गरी घटाईएको हो ।

नयाँ ब्रोकर कमिशन यस्तो छ

१.संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाल व्यवसायी सेवा शुल्क वापत लिन पाउने सेवा शुल्कस्

(क) रु. ५०,०००।– सम्मको कारोवारमा – ०.४० प्रतिशत

(ख) रु. ५०,०००।– भन्दा माथि रु। ५,००,०००।– सम्मको कारोवारमा – ०.३७ प्रतिशत

(ग) रु. ५,००,०००।– भन्दा माथि रु। २०,००,०००।– सम्मको कारोवारमा – ०.३४ प्रतिशत

(घ) रु. २०,००,०००।– भन्दा माथि रु। १,००,००,०००।– सम्मको कारोवारमा – ०.३० प्रतिशत

(ङ) रु. १,००,००,०००।– भन्दा माथि जतिसुकैको कारोवारमा – ०.२७ प्रतिशत

२.नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा सस्थागत ऋणपत्रको खरिद बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्कः

(क) रु. ५,००,०००।– सम्मको कारोवारमा – ०.१० प्रतिशत

(ख) रु. ५,००,०००।– भन्दा माथि ५०,००,०००।– सम्मको कारोवारमा – ०.०५ प्रतिशत

(ग) रु. ५०,००,०००।– भन्दा माथि जतिसुकैको कारोवारमा – ०.०२ प्रतिशत

 

३.माथि क्र.स. १ र २ मा उल्लेखित धितोपत्र बाहेक सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको हकमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्कः

(क) रु.५,००,०००।– सम्मको कारोवारमा – ०.१५ प्रतिशत

(ख) रु.५,००,०००।– भन्दा माथि ५०,००,०००।– सम्मको कारोवारमा – ०.१२ प्रतिशत

(ग०)रु. ५०,००,०००।– भन्दा माथि जतिसुकैको कारोवारमा – ०.१० प्रतिशत

 

तर धितोपत्र दलालले ग्राहकबाट पाउने सेवा शुल्क रु.१० भन्दा घटी हुने छैन । भनि आज उल्लेख गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend