logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दुबईबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाएका टमाटाले २ लाँख नगद उपहार पाए


  • जन आकाश
  • सोमबार, पुष १३ २०७७

 



काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबई स्थित अलफर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको “दशैं तिहार बम्पर धमाका” अन्तर्गत दिपक राम टमाटाले रु २ लाख जित्न सफल भएका छन् । सो योजना अन्तर्गत दुबईको अलफर्दान एक्सचेन्ज बाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा दोस्रो बिजेता स्वरूप रु २ लाख जित्न सफल भएका हुन् । यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिएको थियो जस अन्तर्गत सिटी एक्स्प्रेस बाट पैसा पठाएर ८ जनाले कलर टिभी , ४ जनाले माईक्रोवेभ ओभन , ४ जनाले ब्लेन्डर , ५ जनाले राईस् कूकर लगायत ६ जनाले ईलेक्ट्रीक केट्टल जस्ता घरेलु उपकरणहरु जित्न सफल भएका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा ै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको सिटी एक्सप्रेसले जानकारी गराउदै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend