logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ग्लोबल आइएमईको चुक्ता पुँजी २७ अर्ब


  • जन आकाश
  • शनिबार, पुष १८ २०७७

 



 

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा÷सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो बैंक बनेको बैकले दोवी गरेको छ ।

बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपियाँ (प्रस्तावित १४% बोनस प्रश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपियाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपियाँ भन्दा बढी पुग्नेछ ।

त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ ऋम्क् ऋभिबचष्लन काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर, तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको ग्लोबल आईएमईले जानकारी गराएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend