logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बैंक अफ काठमाण्डूका ग्रहकलाई १०% छुट


  • जन आकाश
  • मंगलबार, पुष २१ २०७७

 



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्रहकहरुलाई साक्को रिसोर्टमा १०% छुट पाउने भएका छन् ।साक्को रिसोर्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% छुट पाउने बैकले जानकारी दिएको छ । साक्को रिसोर्टले काठमाण्डौं जिल्लाको साँखुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक बैकुण्ठ कुमार सैंजु र साक्को रिसोर्टका प्रमुख श्रीबन्त लाल श्रेष्ठले हस्ताक्षर गरी उक्त सुविधा उपलब्ध गराउने जानकारी दिएका हुन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend