logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रभु बैंकले ईलामको अस्पताललाई ५ लाँख सहयोग


  • जन आकाश
  • मंगलबार, पुष २१ २०७७

ईलाम । प्रभु बैकको ईलाम शाखा कार्यालयले जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ । यहि १९ गतेका प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) को चेक हस्तान्तरण गर्नु भएको हो ।



उक्त कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होम बहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य ईन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थितिमा उँक्त सहयोग हस्तान्तरण गरिएको बैकले जानकारी दिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend