logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सनराईज बैकलाई खतराको घण्टी


  • जन आकाश
  • बिहिबार, पुष २३ २०७७

काठमाडौं । नातामा काका भतिज पर्ने मोतिलाल दुगड र मालचन्द दुगडबीचको लडाईले सनराइज बैंकमा खतराको घण्टी शुरु भएको छ । बैंक अध्यक्ष मोतिलाल र संचालक मालचन्द दुगड समुहको इगोको लडाईले नरोकीए वर्तमान संचालक समिति बिघटन गरि कुनै अर्को बैंकसँग मर्जर गराउनुको विकल्प नरहेको राष्ट्र बैंकले जनाई सकेको छ।



बैंक संचालक समुह नै दुई गुटमा विभाजन भएकाले बैंकको दैनिक काम समेत प्रभावित भएको र यसले भविष्यमा बैंकलाई संकट तर्फ धकेल्ने राष्ट्र बैंकको बुझाई आएको हुनाले सनराईज बैकको खतराको घण्टी बज्न थालेको हो ।

राष्ट्र बैंक स्रोत भन्छ, ुपुष १४ गते मंगलबार संचालकहरुलाई राष्ट्र बैंक डाकेर मिलाउने प्रयास भएको छ, अझैं पनि दुवै समुह विभाजन तर्फ लाग्छन भने वर्तमान संचालक समिति बिघटन गरेर त्यहाँको व्यवस्थापनको जिम्मा राष्ट्र बैंकले लिनुको विकल्प हुदैन, राष्ट्र बैंकले जिम्मा लिनुपर्ने अवस्था आयो भने कुनै अर्को बैंकसँग मर्जरमा पठाउनुको विकल्प हुदैन।ु

सनराइज बैंकमा मुख्य समस्या भनेको काका मोतिलाल दुगड र भतिज मालचन्द बीचको इगोको लडाई रहेको राष्ट्र बैंकको बुझाई छ। बैंकमा एउटा समुहमा बैंकका सीईओ जनक शर्मा र अध्यक्ष मोतिलाल दुगड रहेका छन् भने अर्को तर्फ संचालक मालचन्द दुगड, बच्चराज तातेड, शैलेन्द्र गुरागाँई, सारादा शर्मा र दिपक नेपाल रहेका छन्।

जनक शर्मालाई सीईओको रुपमा मालचन्द दुगडले ल्याएपनि उनले अध्यक्ष मोतिलाल दुगडको हितमा काम गरेर र मोतीलाल दुगड पनि सीईओलाई आफ्नो पक्षमा पारेर अनुचित लाभ लिएको मालचन्द समुहको बुझाई रहेको छ।

त्यसैले मालचन्द समुह मोतीलाल दुगडलाई अध्यक्षबाट र जनक शर्मालाई सीईओ बाट हटाउनलाई हदैसम्मको प्रयासमा लागेका छन्। अध्यक्ष र सीईओ एकातिर तथा अन्य संचालक अर्कातिर फर्किएर दुवै पक्ष एक अर्कालाई सिध्याउने खेलमा लागेका छन् । नेकपा नेकपाको बिवाद जस्तै सनराईज बैकमा पनि एकले अर्कोलाई सिध्याउने खेलमा अग्रसर देखिन्छन् । त्यसो गर्दा सर्वसाधरणको लगानी समेत खतरामा पर्ने सम्भावन बढेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend