logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तिनाथ विकास बैंकको १४ औं बार्षिकउत्सव सम्पन


  • जन आकाश
  • आइतबार, पुष २६ २०७७

काठमाडौ । यहि २५ गते मुक्तिनाथ बैकको मुख्य कार्यलयमा सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा बैठक बसेको बैकले जनाएको छ ।



बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।

साथै, बैंकले कोरोना कोभिड १९ महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराइएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७६०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतल जबाफ दिएका सूचना अधिकारी तिल बहादुर गुरुङद्धारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend