जन आकाश
रामेछाप । कर्मचारीहरुमा कोरोना भाइरसको मिल्दोजुल्दो लक्षण देखिएपछि रामेछापको रामेछाप नगरपालिका वडा नं ३ साँघुटार बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय बन्द भएको छ । बैंकका दुईजना कर्मचारीमा बिहीबार एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण भएको पाईएको थियो ।
कोरोना भाइरस संक्रमण भएको पाईएपछि बैंकले एक सूचना निकाली बैंकबाट प्रवाह हुने सेवा शुक्रबारवाट केही दिनका लागि बन्द हुने जानकारी गराएको छ । शुक्रबार बैंक आकस्मिक बन्द हुँदा सेवाग्राहीहरु भने मारमा परेका छन् । ओखलढुंगा र रामेछापका सेवाग्राहीहरुले सेवा लिँदै आएको उक्त ठाउँको एक मात्र बैँक बन्द हुँदा निकै समस्या हुने त्यहाँका स्थानियले बताएका छन ।
कोरोनाको हल्ला र कोरोना परिक्षण गर्दा मौषम परिवर्तन हुने सिजनमा धरैजति मानिसहरुमा रुघाखोकी लाग्ने जरो आउने जस्ता लक्षण विगतका बर्षहरुमा जस्तै कोरोनाको हल्ला हुनुभन्दा अगाडी पनि नेपालमा हुने गर्दथ्यो । त्यस्तै सिजनमा नेपालमा अहिले कोरोनाको हल्ला गदै सार्वनिक क्षेत्रमा सर्वसाधरणले दुखः पाउने गरी जताततै यस्तै हल्लाहरुले काम गरिरहेको देखिन्छ । सम्बन्धित निकायहरुले सर्वसाधरणले दुःख नपाउन भन्नका लगि बिकल्पहरु अपनाएर सेवा दिने व्यवस्था गर्नु आवश्यक छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend