जन आकाश
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको हो।
चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे। यस्तै, कप्तान रवि बोपाराले अविजित ३२ र ड्यान माउस्लीले अविजित २९ रनको योगदान दिए।
विराटनगरका लागि एन्जेलो म्याथ्युज, चरिथ असलंकाले समान एक–एक विकेट लिए। अब विराटनगरले जितका लागि २० ओभरमा १५८ रन बनाउनुपर्नेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend