जन आकाश
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांशमा कर प्रयोजनसमेत समावेश गरिएको बैंकले जनाएको छ। बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेसँगै सेयरधनीहरूलाई लाभांश वितरण गरिनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend