जन आकाश
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीका डार्सी सर्टले ४० र आसिफ शेखले ३२ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो। लुम्बिनीका किशोर महतोले ४ तथा शेर मल्लले ३ विकेट लिए।
अघिल्लो सिजनको फाइनलमा पनि सुदूरपश्चिमलाई हराएर उपाधि जितेको लुम्बिनीले यसपटकको पहिलो खेलमै पुनः प्रभावशाली जित निकालेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend