logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लक्ष्मी बैंकले ‘ब्राण्ड फिल्म’ निर्माणका लागि ‘क्राउडसोर्सिङ’ प्रतियोगिता गर्ने


  • जन आकाश
  • बिहिबार, माघ २० २०७८

काठमाडौ । लक्ष्मी बैंकले आउँदो २० औँ वार्षिकोत्सवको अवसर पारेर ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरुका लागि ‘क्राउडसोर्सिङ’ प्रतियोगिताको घोषणा गरेको छ।



सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि रु. २० लाखको कन्ट्र्याक्ट हात पार्ने उल्लेख छ ।

प्रतियोगिता लक्ष्मी बैंकको ५ मूल मान्यताहरुमा आधारित रहेर गर्ने उल्लेख छ ।

बैंकका अनुसार रिलेसनसिप, एक्स्प्लोर्स, टिमवर्क, रेस्पोनिसबल, प्रोग्रेसिभ, जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको छ, सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिने बिज्ञप्तिमा उल्लेख छ।

सो प्रतियोगिता लक्ष्मी बैंकको ‘क्राउडसोसिंङ’ मा आधारित तेस्रो प्रतियोगिता हो। यस अघि बैंकले २०१८ मा ‘माइ कार्ड आइडियाज’ र २०२० मा ‘माइ मोबाइल मनि भिडिओ कन्टेस्ट’ मा उत्साहजनक सफलता पाइसकेको छ।

बैंकले यस्तै अभियानहरुद्वारा ग्राहकहरुलाई आफ्ना रचनात्मक प्रतिभालाई कृयाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्दै आइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend