जन आकाश
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड -SCT_ र राष्ट्रिय स्तरको “ख”वर्गको इजाजतपत्र प्राप्त कामना सेवाविकास बैंक लिमिटेड वीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।
सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमका वीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेर औपचारिकता दिएका छन् ।
नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कमगर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समय देखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवा सुबिधा पु¥याउदै आएको मूलुकको बैकिङ्ग क्षेत्रको अग्रणी कामना सेवा विकास बैंक लिमिटेडको यस सह कार्यबाट मुलुकको समग्र डिजिटल इको सिस्टमको विकासमा थप योगदान पुग्नजाने बैकले बिश्वास लिएको जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend