जन आकाश
काठमाडौ । मिति २०७८÷११÷४ देखि सर्वसाधारणमा आईपिओ निष्कासन गर्न लागेको सांगा, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालि. ले आ.ब.२०७८÷०७९ को दोस्रो त्रैमाससम्ममा गत आ.ब.को. सोही अवधिको तुलनामा आकर्षक प्रगति हासिल गरेको छ ।
जस अनुसार खुद मुनाफमा १४८ प्रतिशत, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, खुद व्याज आम्दानीमा ५७ प्रतिशत लगायत अधिकांस सूचकहरुमा प्रगति हासिल गरेको छ भने खराब कर्जा करिब ५९ प्रतिशत घट्न गई जम्मा खराब कर्जा १.०३ प्रतिशतमा सिमित राख्न संस्था सफल भएको छ जुन लघुवित्त वित्तीय संस्थाहरु मध्येकै कम हो । वित्तीय संस्थाले हालसम्मको संचित मूनाफा र चालु आ.ब.को बांकी ६ महिनामा आर्जन गर्ने मूनाफाबाट आगामी बर्ष शेयरधनीहरुलाई करिब ५० प्रतिशत भन्दा बढी लाभांस सजिलै बाड्न सक्ने उल्लेख गरेको छ ।
साथै, प्रकाशित आब्हान पत्रबमोजिम वित्तीय संस्थाको आ.ब.०७८÷०७९ मा खुद मुनाफा करिब रु. ८ करोड ५ लाख, आ.ब. ०७९÷०८० मा रु. १९ करोड ७३ लाख र आ.ब. ०८०÷०८१ मा रु २७ करोड ५ लाख हुने र सोहि अवधिमा प्रतिशेयर आम्दानी क्रमशः रु. ३०.९८, रु. ७५.९० र रु. १०४.०४ हुने प्रक्षेपण गरेकोले भविष्यमा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्ने देखिएको हुंदा ढुक्क भएर आईपिओमा लगानी गर्न सकिने उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend