logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कामना सेवा बैंकद्वारा कामना सेवा कस्टमर डे सम्पन्न


  • जन आकाश
  • बिहिबार, माघ २७ २०७८

 



 

काठमाडौ । कामना सेवा बिकास बैंक लि।ले ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिदैँ बैंकले प्रदान गर्नेसेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न ’’KSBBL CARE’ ’ फेबरुअरी ९ ,२०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम कामना सेवा कस्टमर र्डे मार्फत देशव्यापी रुपमा आफ्ना ग्राहकहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरी उक्त कार्यक्रम सम्पन्न गरेको बैकले जानकारी दिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उतरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गर्नु भएकोमा सम्पूर्ण ग्राहकहरु प्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकहरुका आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्दै निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend