logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मेगा बैंकले चार जिल्लामा एकैपटक शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ


  • जन आकाश
  • सोमबार, फाल्गुन २ २०७८

 



 

काठमाडौं । मेगा बैंकले चारवटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँचवटा स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकले भोजपुरको पौवादुम्मा गाउँपालिका(३ मा रोशन खड्का, सिन्धुलीको गोलञ्जोर गाउँपालिका (५ मा कुमार श्रेष्ठ, गुल्मीको मुसिकोट नगरपालिका (५ देउरालीमा महेन्द्र घिमिरेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

 

त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका ८ मा नारायण पन्त र कृष्णपुर नगरपालिका २ बाङकामा जानकी रावतलाई नियुक्त गरि सेवा विस्तार गरेको हो ।

 

सेवा अन्तर्गत बैंक खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, नेपाल टेलिकम, एनसेलमा रिचार्ज, डिसहोमको रिचार्ज गर्ने लगायतका सुविधा रहेको छ । साथै, सेवाग्राहीलाई आवश्यक परेमा कर्जा लगानीको पनि व्यवस्था रहेको छ ।

 

बैंकले स्थापनादेखि ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच पुर्याउने उद्देश्यले हलोदेखि हाइड्रोसम्म सेवा प्रदान गर्दै आएको छ ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend