logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मुक्तिनाथ बैंकद्वारा बागेश्वरी मन्दिरलाई सहयोग


  • जन आकाश
  • मंगलबार, फाल्गुन ३ २०७८

 



काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सि.सि.टिभी क्यामेराहरु सहयोग गरेको छ ।

बैंकले श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति सँगको सहकार्यमा श्री बागेश्वरी मन्दिरमा ८ थान सि.सि.टिभी क्यामेराहरु एक कार्यक्रमबीच जडानको शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग , मार्केटिंङ प्रमुख बसन्त बक्शी, कोहलपुर क्षेत्रीय प्रमख विजय के.सी., नेपालगञ्ज शाखाका प्रबन्दक परवीन के.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त क्यामाराहरु जडान गरेपछि मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षार मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ यस्ता कार्यहरु गदै आएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend