जन आकाश
काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई काठमाडौैंको बि एण्ड बी हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट पाउने भएको बैकले जारी गरेके बिज्ञप्तिमा उल्लेख छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्दा पनि १० प्रतिशत छुट हुने व्यवस्था गरिएको उल्लेख छ ।
बी एण्ड बी हस्पिटलका तर्फबाट प्रा.डा.अशोक कुमार बास्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल बी एण्ड बी हस्पिटलसंग सहकार्य गर्न पाएकोमा हस्पिटल प्रति आभार प्रकट गरे ।
नेपाल बैंकका बजारिकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, बी एण्ड बी हस्पिटलका तर्फबाट डा.रिना श्रेष्ठ (वैद्य), डा.सरोज वैद्य, डा.विवेक बास्कोटा, चेतना बास्कोटा, प्रविण बराल, विवेक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend