जन आकाश
काठमाडौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १४२ औँ शाखा भक्तपुर जिल्लाको सोही नगरपालिकाको वडा न. १० को कमल विनायकमा संचालनमा ल्याएकोे छ । उक्त शाखा मार्फत बैंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैकले जानकारी दिएको छ ।
नयाँशाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको बैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend