logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सेञ्चुरी बैंकका थप दुई शाखा टेकु र पेप्सी कोलामा विस्तार


  • जन आकाश
  • बिहिबार, फाल्गुन १२ २०७८

 



 

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकहरुलाई सेवा बढाउने उदेश्यले मिति २०७८ फागुन १२ देखि काठमाण्डौंको टेकु र पेप्सीकोलामा नयाँदुई शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा रसंचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

उक्त कार्यत्ररममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा. गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीय बासीहरुको उपस्थिति रहेको थियो । टेकु र पेप्सीकोलामा थप दुई शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २५ पुगेको बैकले जानकारी दिएको छ ।

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यस अघि बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखा रहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुलशाखा संख्या १२८ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २५ शाखा रहित बैंकिङ्ग र १०७ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend