जन आकाश
काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा आराम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७८ साल फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह न.पा. वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगान.पा. वडा नं. २, सितापुर र लमजुङ जिल्लाको मध्य नेपाल न.पा. वडा नंं ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैकले जानकारी दिएको छ ।
देवदह न.पा. मादेवदह मोबाइल एण्ड कम्प्युटर (प्रो. घनश्याम के.सी.), सितगंगान.पा.मा सचिन मोबाइल सेन्टर (प्रो. सचिन बोहोरा) र मध्य नेपाल न.पामाइशानेश्वर इलेक्टोनिक्स, (प्रो. निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको उल्लेख गरी बैकले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend