logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

समृद्धि फाइनान्सका ग्रहकलाई सुविधा दिन सम्झौता


  • जन आकाश
  • शनिबार, फाल्गुन २१ २०७८

 



 

काठमाडौ । समृद्धि फाइनान्समा खाता खोल्ने ग्रहकहरुल्लाई वीज बजारमा सेवाले रु ५०० प्रदान गर्ने भएको छ । उक्त सेवा दिनको लागि बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज गौतम र समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले हस्ताक्षर गरी औपचारिता दिएका छन् ।

सम्झौता अनुसार समृद्धि फाइनान्सका ग्राहकहरूले बिजबजारबाट सामान खरिद गरी समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गवा कनेक्ट आइपियस मार्फत भुक्तानी गर्दा १० % वा बढीमा ३०० रुपैयाँ सम्मको क्यास ब्याक पाउने भएका छन् । साथै समृद्धि फाइनान्सले खाता खोल्ने प्रत्येक नयाँ ग्राहकलाई बिज बजारको रु २०० बराबरको शपिङ्ग भाउचर प्रदान गर्नेछ भने एक वर्षका लागि रु एक लाख वा बढीको मुद्दती खाता खोल्ने ग्राहकहरूलाई बिजबजारको रु ५०० बराबरको शपिङ्ग भाउचर प्रदान उल्लेख छ ।

समृद्धि फाइनान्सका प्रमुखकार्यकारी अधिकृत टिका निधि लोहनीले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न यस्तो सहकार्य आवश्यक रहेको बताएका थिए। साथै डिजिटल नेपाल फ्रेमवर्कमा बिज बजारसँग सहकार्य गर्न पाएकोमा खुसी समेत व्यक्त गरेका थिए ।

उक्त अवसरमा बोल्दै बिज बजारका प्रमुख कार्यकारी अधिकृत गणेश गौतमले लाखौँ मानिसहरूलाई अनलाइन जोड्ने हाम्रो लक्ष्य र भिजन पूरा गर्न, हामीले समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई एक रणनीतिक व्यापार साझेदारको रूपमा लिएको र समृद्धि फाइनान्स र बिज बजारले सहकार्य गरि दुवै पक्षका लागि उपयोगी हुने क्रस मार्केटिङ गतिविधिहरू सञ्चालन गर्ने कुरामा विश्वस्त रहेको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend